लाइनमै उभिएर अर्थमन्त्रीले लिए उपचार सेवा

काठमाडौँः आइतबार बिहान जावलाखेलस्थित अल्का अस्पतालमा उपचारका लागि अन्य सर्वसाधरणसँगै अर्थमन्त्री विष्णु पौडेल पनि लाइनमा देखिए । उनी अस्पतालमा आफ्नै उपचारका लागि आएका थिए ।
उनी थाइराइड परिक्षणका लागि अस्पतालमा पुगेका थिए । रिपोर्ट लिएर चिकित्सकसँग भेट्ने पालो पर्खदाँ पनि अर्थमन्त्री पौडेल सेवाग्राहीहरूसँगै लाइनमै थिए ।
बरु सर्वसाधरणसँगै अर्थमन्त्री लाइनमा उपचारका लागि पालो पर्खिरहेको देखेपछि सर्वसाधरण पनि अचम्मित भए । मास्क लगाएर लाइनमा उभिएका व्यक्ति अर्थमन्त्री पौडेल नै हुन् भन्ने ठम्याएपछि उनीहरूले तस्बिर पनि लिए ।
अर्थमन्त्री पौडेलका प्रेस सल्लाहकार भुवन केसीले अर्थमन्त्री पौडेल स्वास्थ्य परिक्षणका लागि आइतबार बिहान अस्पताल गएको आफ्नो जानकारीमा भएपनि आफू त्यतिबेला सँगै नरहेको बताए ।
अल्का अस्पतालमा उपचार सेवा लिने क्रममा पालो पर्खदैं अर्थमन्त्री पौडेल । तस्बिर: वसन्त आचार्य

गर्मीमा काँचो आँप खानुका यी हुन ४ फाइदा

बदाम तेल एक, फाइदा अनेक

रातको खानामा भुलेर पनि नखानुस् फलफूल र सलाद
बागलुङका चार पालिकामा क्षयरोग मुक्त अभियान

२२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

चार दिनमा निको हुने रुघाखोकी दुई हप्ता बढी लाग्दै

अब 'एक्सरे'को आवश्यकता नपर्ने, सेन्सरले नै बताउनेछ हड्डीको अवस्था

प्रतिक्रिया