रत्ननगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमालेका उम्मेदवारी विजयी

चितवन- पूर्वी चितवनको रत्ननगर नगरपालिकाको मेयरमा गठबन्धनतर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका प्रल्हाद सापकोटा विजयी भएका छन ।
सापकोटाले २० हजार ७ सय ९६ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार विमलादेवी दुवाडीले १२ हजार ७ सय २८ मत प्राप्त गरेकी छिन् ।
त्यस्तै उप प्रमुखमा नेकपा एमालेका यादव पाठक निर्वाचित भएका छन् । पाठकले १३ हजार ५ सय १४ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी घिमिरेले १२ हजार ३ सय ५४ मत ल्याएका छन् ।
२०७४ को स्थानिय निर्वाचनमा यो नगरपालिकामा मेयर उपमेयर दुबैमा एमाले विजयी भएको थियो । रत्ननगरको उप प्रमुख सहित ५ वटा वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेसले नगरप्रमुख सहित ९ वटा वडामा विजय हासिल गरेको छ ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया