सामान्य अंकले घट्यो नेप्से, ९१ लाख कित्ता सेयर किनबेच

काठमाडौं : सेयर बजार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । ५ दशमलव ४५ अंकले घटेर नेप्से २५४३ दशमलव ५२ बिन्दुमा पुगेको हो । हाइड्रोपावर, फाइनान्स र माइक्रोफाइनान्स समूहबाहेक सबै समूहको परिसूचक घटेको छ । हाइड्रोपावर समूहमा १ दशमलव ०७ प्रतिशतले वृद्धि भएको छ ।
उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य कित्तामा २५१ रुपैयाँले बढेर सर्किट ब्रेकर लागेको छ । अजोड इन्स्योरेन्स, महिला लघुवित्त र समीट लघुवित्तको सेयर मूल्यमा ९ प्रतिशतभन्दा बढी दरले वृद्धि भएको छ ।
सोमबार ४ अर्ब ४१ करोड रुपैयाँ बराबर सेयर कारोबार भएको छ । ६४ हजार ५१५ पटकको कारोबारमा ९१ लाख ३८ हजार ९३५ कित्ता सेयर किनबेच भएको छ । सबैभन्दा बढी नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर कारोबार भएको छ । बैंकको ४४ करोड ३१ लाख रुपैयाँ बराबर सेयर किनबेच भएको छ । अपर तामाकोशीको ३८ करोड ७७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

नेप्सेमा झिनो अङ्कको सुधार,११ अर्ब बढीको कारोबार

एघार महिनामा ४० प्रतिशत विकास खर्च

चार महिनामा एक करोड बढीका अवैध सामान बरामद

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

वातावरण संरक्षण र प्रदूषण नियन्त्रणमा अर्थमन्त्रीको जोड

गुल्मीमा कफीको बिरुवाको माग बढ्दो

कतिमा कारोबार भइरहेको छ आज विदेशी मुद्रा ?

प्रतिक्रिया