कपिलवस्तुको कृष्णनगरमा कांग्रेसको नेतृत्व

काठमाडौँ- कपिलवस्तुको कृष्णनगर नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा रजतप्रताप शाहले ५ हजार ६ सय ६ मत प्राप्त गरी प्रतिस्पर्धी राप्रपाका उम्मेदवार दीपक रजौरीयालाई १ हजार ४ सय ९४ मतान्तरले पराजित गरेका हुन् ।
विसं २०७४ को निर्वाचनमा स्वतन्त्र उम्मेदवार भइ विजयी भएका शाह निर्वाचनको केही समयअघि कांग्रेसमा प्रवेश गरेका थिए । त्यस्तै उपप्रमुखमा पनि जनता समाजवादीका उम्मेदवारलाई पराजित गर्दै कांग्रेसका उम्मेदवार आरतीदेवी चौधरीले ५ हजार ६ सय ९१ मतसहित विजय हासिल गरेका थिए ।
कृष्णनगरका १२ वडामध्ये एमाले र कांग्रेसले ३/३, माओवादी र जसपाले २/२ तथा राप्रपा र बहुजन शक्ति पार्टीले १/१ वडा जितेका छन् ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया