धुलिखेल नगरपालिकामा एमालेका श्रेष्ठ निर्वाचित

काठमाडौँ - काभ्रेको धुलिखेल नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) अशोककुमार ब्याञ्जु श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठले स्वतन्त्र उम्मेदवार बिदुर बहादुर बस्नेत पराजित गर्दै धुलिखेल नगर प्रमुखमा विजयी भएका हुन् । विजयी श्रेष्ठले ८ हजार ३ सय ५१ मत पाउँदा उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार बस्नेतले ७ हजार ४ सय ११ मत पाएका थिए । गठबन्धनबाट नेकपा एकीकृत समाजवादीको भागमा परेको धुलिखेल समाजवादीबाट उम्मेदवारी दिएका दया सागर श्रेष्ठ १ हजार ८ सय १९ मत मात्रै प्राप्त गरेका छन् ।
त्यस्तै उपप्रमुख भने नेपाली कांग्रेसले जितेको छ । कांग्रेसका उम्मेदवार निराजन जंगमले ७ हजार ९ सय ३८ मत पाएका थिए भने उनका प्रतिस्पर्धी एमालेकी लालतारा अधिकारीले ७ हजार ७ सय ९१ मत पाएकी थिइन् ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया