मंगलबार ३१ असार, २०८२
Tuesday, July 15, 2025

भरतपुरमा ६०,९२५ मत गणना हुँदा जगन्‍नाथले कति पाए?

चितवन - भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रका उम्मेदवार रेनु दाहालले अग्रता कायम राखेकी छिन् । ६० हजार ९२५  मतगणना हुँदा उनले २३ हजार ९५४ मत ल्याएकी छन् ।

एमालेका उम्मेदवार विजय सुवेदीले १९ हजार ७२२ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८ हजार ५ सय १३ मत पाएका छन् । दाहाल सुवेदीभन्दा ३ हजार ४३२ मतले अगाडि छिन् ।

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले २५ हजार ३९२ मत पाउँदा राप्रपाका हिमला गुरुङको मत १५ हजार ५३८ मत पाएकी छन् ।