कोभिडविरुद्ध लड्न चीनको सहयोग महत्वपूर्ण : प्रधानमन्त्री

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले चीनले नेपाललाई कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउनुले दुई देशबीचको गहिरो मैत्री सम्बन्धलाई उजागर गरेको बताएका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा चीन सरकारद्धारा अनुदान स्वरुप प्रदान गरिएको कोभिड-१९ विरुद्धको खोप हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री ओलीले चीनले सहयोग गर्नुले दुई देशबीचको गहिरो मैत्री सम्बन्ध थप प्रगाढ बनेको बताएका हुन् ।
चीन सरकारद्धारा प्राप्त सहयोगले कोभिड-१९ महामारीविरुद्ध प्रभावकारी ढंगले अगाडी बढ्न महत्वपूर्ण हुने पनि बताए । उनले भने,‘कोभिड-१९ महामारीविरुद्धको हाम्रो लगानी त्यसलाई सफलतापूर्वक अगाडि लैजानका लागि, अझ प्रभावकारी ढंगले अगाडी बढाउनको निम्ति यो एउटा महत्वपूर्ण सहयोगको रूपमा रहने छ । नेपाल र चीनबीचको गहिरो मैत्री सम्बन्धलाई उजागर गरेको छ र एककदम अगाडी बढाएको छ । यसले अझ थप बल पुर्याएको छ ।’
चीनले कोभिड-१९ विरुद्धको ८ लाख डोज खोप नेपाल सरकारलाई अनुदान स्वरुप उपलब्ध गराएको हो । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई खोप हस्तान्तरण गरिन् । प्रधानमन्त्री ओलीले अनुदानको अलावा खोप खरिद गर्ने व्यवस्था मिलाउँदै गरिएको बताए । उनले भारत र चीन दुवै देशबाट ल्याइएको खोपहरु प्रभावकारी रहेको पनि बताए ।
कोभिड-१९ महामारीलाई पराजित गर्न चीनले लिएको नीति र कदमको प्रशंसा गर्दै नेपाल र चीनको नीति समान रहेको समेत बताए । कार्यक्रममा चिनियाँ राजदूत यान्छीले कोभिड-१९ विरुद्ध लडनका नेपालको साथमा चीन सँधै रहेको बताइन् । विगतमा पनि नेपाललाई चीन सरकारको सहयोग रहेको र कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि पनि सहयोग रहने स्पष्ट पारिन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया