बूढानीलकण्ठमा कार्यपालिका निर्वाचन जेठ १७ मा हुने

काठमाडौँ - काठमाडौँको बूढानीलकण्ठ नगरपालिकाको कार्यपालिका निर्वाचन जेठ १७ गते हुने भएको छ । बूढानीलकण्ठ नगरपालिकाले स्थानीय तह सदस्य निर्वाचन २०७९ को पहिलो चरणको निर्वाचन सम्पन्न पश्चात् दोस्रो चरणका लागि आज नयाँ मिति तोकेको हो ।
बूढानीलकण्ठमा जेठ ८ गते बिहान १० देखि १ बजेसम्म मतदाता नामावली प्रकाशन गर्ने, १ देखि ४ बजेसम्म नामावली सच्याउने, ४ देखि ५ बजेसम्म संशोधित मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका तोकेको छ । यस्तै, जेठ ९ गते मतदाताको विरोधमा उजुरी दिने र उजुरीउपर जाँचबुझ गर्ने, जेठ १० गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने, जेठ ११ गते उम्मेदवारको मनोनयन पत्र दर्ता र मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यतालिका तोकिएको निर्वाचन अधिकृत चमिला भट्टराईले जानकारी दिइन् ।
यस्तै, जेठ १२ गते उम्मेदवारको विरोधमा उजुरी दिने र मनोनयनपत्र जाँच गर्ने र उजुरीउपर निर्णय गर्ने, जेठ १३ गते उम्मेदवारको नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ ।
यसैगरी जेठ १४ गते उम्मेवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र जेठ १७ गते मतदान गर्ने कार्यक्रम रहेको निर्वाचन अधिकृत भट्टराईले जानकारी दिइन् ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया