राप्ती नगरपालिकाको मेयरमा समाजवादीका लामा विजयी

चितवन- नेकपा एमालेको गढका रूपमा रहेको पूर्वी चितवनको राप्ती नगरपालिका नेकपा (एकीकृत समाजवादी)ले जितेको छ । एमाले विभाजनपछि बनेको समाजवादीका शमशेर लामा राप्तीको मेयरमा निर्वाचित भएका हुन् ।
लामा ४७३ मतान्तरले विजयी भएका हुन् । उनले १२ हजार ५२४ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी एमालेका गोविन्दप्रसाद कँडेलले १२ हजार ५१ मत ल्याए ।
राप्तीमा एमालेभित्र आन्तरिक विरोध रहेको थियो ।
उपमेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार देवेन्द्र लामा २३४ मतान्तरले निर्वाचित भए । देवेन्द्रले १२ हजार ६८२ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी एमालेकी मेनुका पाठकले १२ हजार ४४८ मत ल्याइन् ।
राप्तीका १३ वडामध्ये एमालेले आठ, कांग्रेसले तीन र समाजवादीले दुई वडा जितेका छन् ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया