विराटनगरमा जसपाले थप्यो वडा, १२ मा हिरालाल विजयी

विराटनगर । विराटनगर महानगरपालिकाको वडा नं. १२ मा जनता समाजवादीले दोस्रो जित दर्ता गरेको छ । यसअघि वडा नं. १७ को वडाध्यक्षसहित प्यानलै जितेको जसपाले वडा नम्बर १२ मा वडाध्यक्षसहित एक सदस्य पनि जितेको छ ।
वडाध्यक्षमा हिरालाल कामतले १ हजार ३७४ मत प्राप्त गरी विजयी भएका हुन् । उनले निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका भोला बराललाई पराजित गरेका हुन् । बरालले १ हजार २७१ मत प्राप्त गरेका हुन् । वडा नं. १२ को एक सदस्यमा जसपाकै कुशेश्वर राजवंशी १ हजार २९२ मत प्राप्त गरी विजयी भएका छन् । अर्को सदस्यमा नेकपा एमालेका राजेश सरदार थारुले १ हजार ३३८ मत प्राप्त गरेर निर्वाचित भएका हुन् ।
महिला सदस्यमा एमालेकै प्रमिला राजवंशी १ हजार ३९५ र दलित महिला सदस्यमा देवी विश्वकर्मा १ हजार ३६४ मत प्राप्त गरी विजयी भएकी छन् ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया