विराटनगर ११ मा एमालेका न्यौपाने दोहोरिए

विराटनगर । जारी मतगणनाको परिणाम अनुसार विराटनगर महानगरपालिकाको वडा नं. ११ मा नेकपा एमालेका तिर्थेन्द्र न्यौपाने वडाध्यक्षमा दोहोरिएका छन् ।
उनी १ हजार ५५२ मत प्राप्त गर्दै दोस्रो कार्यकालका लागि वडाध्यक्षमा निर्वाचित भएका छन् । निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राम सुन्दर राजवंशीले १ हजार ४३३ मत प्राप्त गरेका छन् । एक सदस्य र महिला सदस्य भने नेपाली कांग्रेसले जितेको छ ।
न्यौपानेले अघिल्लो पटक पनि कांग्रेसकै उम्मेदवारलाई पराजित गरी वडाध्यक्षमा निर्वाचित भएका थिए । सदस्यमा कांग्रेसका कृष्ण प्रसाद भट्टराईले ११७० र महिला सदस्य गायत्री थापाले १ हजार ५१५ मत प्राप्त गरेका छन् ।
त्यसैगरी सदस्यमा नेकपा एमालेका बलराम कारंजीतले १ हजार १४७ र दलित महिला सदस्यमा एमालेकै रिंकु देवी परियारले १ हजार ४६९ मत पाएर निर्वाचित भएका हुन् ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया