विराटनगर ९ मा कांग्रेसका भगत

विराटनगर । विराटनगर महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुग्दा वडा नं. ९ को वडाध्यक्षमा नेपाली कांग्रेसका निवर्तमान अध्यक्ष विश्वनाथ भगत पुनः निर्वाचित भएका छन् ।
उनले नेकपा एमालेका श्री प्रकाश तोतलालाई पराजित गर्दै वडाध्यक्षसहित प्यानलै निर्वाचित भएका हुन् । भगतले १ हजार ३४२ मत प्राप्त गर्दा पराजित तोतलाले ६८० मत पाएका हुन् । वडाध्यक्षमा निर्वाचित भगतले ०७४ को निर्वाचनमा नेकपा एमालेका उम्मेदवार राधेश्याम प्रसाद श्रेष्ठलाई पराजित गरेका थिए ।
वडा सदस्यहरुमा रिजाय अहमदले १ हजार ३३० र आदित्य तुलाधरले १ हजार १७३ मत प्राप्त गरे । महिला सदस्यमा रुपा देउजाले १५३१ र दलित महिला सदस्यमा पिंकी पासवानले १३३५ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । विराटनगर महानगरपालिकाको जारी मतगणनामा अब वडा नं. १० को मात्रै मतगणना सकिन बाँकी छ । अहिले उक्त वडाको पनि अन्तिम गणना भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया