रौतहटको कटहरियामा कांग्रेसका उम्मेदवार विजयी

काठमाडौं । वैशाख ३० मा भएको निर्वाचनमा रौतहटको कटहरिया नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उमेदवार निर्वाचित भएका छन् । सार्वजनिक गरिएको अन्तिम मत परिणाम अनुसार नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेसका उम्मेदवारले बाजी मारेका हुन्।
मेयरमा कांग्रेसका अजय प्रकाशले ७ हजार १७२ मतसहित निर्वाचित भए । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका सियारामप्रसाद कुशहवाले ४ हजार ५७७ मत पाए ।
तेस्रोमा नसरुद्धिन अन्सारी भए । माओवादी केन्द्रका उम्मेदवार उनले ३४४० मत प्राप्त गरेका थिए ।
त्यस्तै उपमेयरमा पनि कांग्रेसकै रितादेवीले ७ हजार ५२० मत पाएर विजय हासिल गरिन्् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेकी कुन्ती देवीले ४ हजार ५३७ मत पाइन् । तेस्रोमा जनता समाजवादी पार्टी, नेपालका जितेन्द्र प्रसाद यादव भए । उनले ११५६ मत पाए ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया