कोभिड–१९ को संक्रमणबाट दुईको मृत्यु

बुटवल : कोभिड-१९ को संक्रमणबाट बुटवलमा आइतबार दुई जनाको मृत्यु भएको छ । उनीहरू दुवै जनाको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसरी मृत्यु हुनेमा रुपन्देहीको सैनामैनाबाट उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल पुगेका एक पुरुष छन् । स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल पुगेका सैनामैना १ का ५५ वर्षीय पुरुषको कोरोना बिशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।
कोरोना पुष्टि भएलगत्तै कोरोना बिशेष अस्पताल पठाइएकोमा भेन्टिलेटरमा राख्दाराख्दै उनको मृत्यु भएको हो । उनमा उच्च रक्तचापको पनि समस्या थियो ।
यस्तै बुटवल उपमहानगरपालिका २ की ७० वर्षीया महिलाको पनि कोरोना विशेष अस्पतालमा मृत्यु भएको छ । कात्तिक १६ गते संक्रमण पुष्टि भएपछि १७ गते अस्पताल भर्ना भएकी उनको पनि उपचारको क्रममा मृत्यु भएको हो ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार अहिलेसम्म रुपन्देहीमा संक्रमणबाट मृत्यु हुनेको संख्या ८३ र लुम्बिनी प्रदेशमा एक सय ९७ पुगेको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यद्वारा एक वर्षे उपलब्धि सार्वजनिक

बाँकेमा सम्बन्ध विच्छेदका मुद्दा बढ्दै

सुतिरहेको अवस्थामा १४ महिने शिशुलाई सर्पले डस्यो, अस्पताल लैजाँदालैजाँदै मृत्…
उच्च अदालत तुलसीपुरमा एक दशकयताकै बढी मुद्दा फर्छ्यौट, एक वर्ष नाघेका मुद्दा स…

वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि टिमुरखेती

नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला

नेपालमा उत्पादित स्टिलजन्य उत्पादन भारत निर्यातमा रोक

प्रतिक्रिया