लमजुङमा युरिया मलको अभाव हुँदा किसान मर्कामा

लमजुङ- लमजुङमा युरिया मलको अभाव हुँदा किसान मर्कामा परेका छन् । किसानले युरिया मल नपाएको गुनासो गरे पनि सरोकारवाला निकायहरूले यसमा कुनै चासो दिएका छैनन् । जिल्लाको बेसीशहर नगरपालिका-११ का विष्णु पाण्डेले दुई रोपनी जग्गामा मकै खेती गरेका छन् ।
एकहोरो मकै गोडेपनि मल अभावका कारण दोहोरो मकै गोडन् नपाएको उनले गुनासो गरे । मल अभावमा समयमै मकै गोड्न नपाउँदा दुःख गरी लगाएको मकै उत्पादन घट्नेमा विष्णु चिन्तित छन् । मलको अभावले समय घर्किँदासमेत पाखामा लगाएको मकै दोहोरो गोड्न नपाएको अर्का किसान कृष्णमाया श्रेष्ठको गुनासो छ ।
लमजुङमा सिजनकै बेला युरिया मलको अभाव हुँदा किसान मर्कामा परेका कृषि ज्ञान केन्द्रका कृषि अर्थविज्ञ मदन रेग्मीले बताए । उनका अनुसार युरिया मल नपाउँदा चैते धान र दोहोरो मकै गोड्न किसानलाई समस्या भएको छ ।

करोडौँ खर्चेर बनाएको पालिकास्तरीय अस्पताल भवन प्रयोगविहीन
मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै

ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए

बागलुङमा सात करोड ६६ लाखमा पुल निर्माण

पहिलेको चरिचरन, अहिलेको पर्यटकीय गन्तव्य

ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार

पर्यटक र पूर्वाधार कुरेर बसेको लाखेत

प्रतिक्रिया