नागार्जुन नगरपालिकामा बस्नेत र अधिकारी दोहोरिए

काठमाडौँ- नागार्जुन नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमालेको उम्मेदवार विजयी भएका छन् । विजयी उम्मेदवार यसपटक पनि दोहोरिएका हुन् ।
कांग्रेसका उम्मेदवार मोहनबहादुर बस्नेत १० हजार १ सय ८६ मत प्राप्त गरी मेयरमा विजयी भएका हुन् । बस्नेतका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार नन्दनहरि गौतमले ८ हजार ३ सय ६८ मत ल्याएका छन् ।
त्यस्तै उपमेयरमा एमालेकी सुशिला अधिकारीले ९ हजार ४ सय ४७ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कल्पना नेपालीले २ हजार ७ सय ५३ मत प्राप्त गरेकी छिन् ।
नगरपालिकामा गत स्थानीय निर्वाचनमा निर्वाचित भएर पाँच वर्ष काम गरेका कांग्रेसका मेयर र एमालेका उपमेयर फेरि दोहोरिएका हुन् । २०७४ मा बस्नेतले ६ हजार ९ सय ७१ मत प्राप्त गरी विजयी भएका थिए । उपमेयरमा अधिकारीले ६ हजार ८ सय ७१ मत ल्याएर विजयी भएकी थिइन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया