नेपालसहित १५ देशका २६ फिल्म चयन

काठमाडौं- १० औं संस्करणको नेपाल अफ्रिका फिल्म फेस्टिभल–२०२२ यही १५ देखि १७ जेठसम्म तीन दिन काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा हुने भएको छ । कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेशन र विलक्षण क्रिएसको आयोजनामा हुन लागेको यो महोत्सवमा विभिन्न देशका १०० भन्दा बढी फिल्म प्राप्त भएका थिए । जसमध्यबाट निर्णायक समितिले २६ वटा फिल्म चयन गरेको छ ।
नेपालसहित १५ देशका २६ वटा फिल्म चयन भएको महोत्सव अध्यक्ष डा. मञ्जु मिश्रले बताएकी छिन् । कोरोना महामारी मत्थर भएकाले यति बेला यो महोत्सव गर्न लागिएको पनि उनले बताएकी छिन् ।
नेपाल र अफ्रिकाको चलचित्र संस्कृतिका लागि आफूहरूले एक दशक अघिबाट नेपालमा नेपाल अफ्रिका फिल्म फेस्टिभल आयोजना गर्दै आएको अध्यक्ष डा. मिश्रले बताएकी छिन्,‘प्राकृतिक र सांस्कृतिक रुपमा धनी नेपाल र अफ्रिकन मुलुकका धेरै कुराहरु मिल्दा जुल्दा छन् । अफ्रिकालाई अब हामीले पश्चिमाहरूको नभएर अफ्रिकन लेन्सबाटै हेर्नु पर्छ भनेर हामीले विगत १० वर्षदेखि यो महोत्सव आयोजना गर्दै आएका छौं ।’
महोत्सब निर्देशक डब्बु क्षत्रीका अनुसार यो महोत्सवमा विदेशबाट १४ मुलुकका १५ वटा चलचित्र चयन भएका छन् । जस मध्ये अधिकांस अफ्रिकन मुलुकबाट फिल्म चयन गरिएको छ । अन्य मुलुकबाट निर्माण गरिएका अफ्रिकन विषयवस्तुमा आधारित फिल्म पनि महोत्सवमा चयन भएका छन् ।
महोत्सवका लागि फिल्म चयन भएका विदेशी मुलुकहरूमा बुर्किना फासो, इजिप्ट, ट्युनेसिया, संयुक्तराज्य अमेरिका, घाना, सोमालिया, अस्ट्रिया, जर्मनी, बेनिन, कँगो, फ्रान्स, क्यामरुन, अल्जेरिया, मोरक्को आदि रहेका छन् ।
महोत्सवमा नेपालबाट १२ वटा फिल्म छानिएका छन् । जसमध्ये ८ वटा चलचित्र खुला प्रतिस्पर्धा अन्तर्गत रहेको छ । जसमा ‘द ब्लाक कर्नर’, ‘ऐना’, ‘राइज’, ‘शंका’, ‘कुइनेटो’, ‘गरिमा’, ‘द डटर’, ‘थर्ड आई’ रहेका छन् ।
यस्तै यसपटक विद्यार्थीहरुको फिल्मलाई छुट्टै प्रतिस्पर्धामा राखिएको छ । विद्यार्थी फिल्म प्रतिस्पर्धामा विद्यार्थीहरूले बनाएका फिल्म प्रदर्शन हुनेछन् । जसमा ‘झोल’, ‘सेफ्टी पिन’, ‘आखिर किन’ र ‘द डेलिभरी’ रहेका छन् ।
यस्तै विदेशी फिल्मतर्फ बुर्किना फासोको लोयल ड्यु साएक्लोन–आई अफ द साएक्लोन, मोरक्कोको घोष्ट अफ स्पेश टाइम, अल्जेरियाको ला चेम्बर, क्यामरुन लेश मेलोडियस डु, फ्रान्सको ले मोन्डे डी चिज टी काफ, कँगोको एबुला नगान्दो, बेनिनको ले मोन्डे ए लिप्रियुभी, सोमालिया÷अस्ष्ट्रिया÷जर्मनीको लाईफ अन द हर्न, घानाको लिबर्टी, ट्युनेशिया÷युएसएको द मेन हु बिकेम म्युजियम रहेका छन् । यस्तै इजिप्टबाट यसपटक दिस इज माई नाईट, आजिया, द अदर चेक, एबाउट ए गर्लसहित ४ वटा चलचित्र चयन भएका छन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया