नेपालको रणनीति परिवर्तन : अभिषेक र रविशंकरको ठाउँमा विशाल र सुनिल

काठमाडौ : रणनीतिविना मैदानमा टोली उतारेको आरोप खेपिरहेका प्रशिक्षक बालगोपाल महर्जनले बंगलादेशविरुद्धको केही बेरमा सुरु हुन लागेको फाइनलका लागि ‘प्लेइङ इलेभेन’ दुई महत्वपूर्ण परिवर्तन गरेका छन् । नेपालले ५.३० मा हुन गइरहेको फाइनलका लागि सुनिल बल र बिशाल राईलाई आक्रमणको जिम्मा दिने निर्णय गरेको छ ।
योसँगै नेपालले खेलको संरचनामा पनि थोरै परिवर्तन गरेको छ । अघिल्ला दुई खेल ४–४–२ को संरचनामा खेलेको नेपाली टिमले आज भने ४–२–३–१ को संरचनाअनुसार खेल्ने भएको छ । यसको मतलब नेपालले एक जना स्ट्राइकरको भरमा खेल्नेछ । यसका लागि प्रशिक्षक महर्जनले अन्जन बिष्टको भरोसा गरेका छन् ।
अन्जनलाई त्रिदेव गुरुङ, बिशाल राई र सुनिल बलले सघाउनेछन् । अघिल्ला खेलमा भने विशाल राई र सुनिल बलले सब्सिच्युटमा मात्र खेल्न पाएका थिए । तेज तामाङ, सन्जोग राई मिडफिल्डमा रहेर खेल्ने छने भने रन्जित धिमाल, अनन्त तामाङ, रोहित चन्द, दिनेशराजवंशीले डिफेन्स सम्हाल्नेछन् ।
थ्रीनेशन्स कप अन्तर्गत पहिला भएका दुवै खेलमा नेपालले किर्गिस्तान र बंगलादेशसँग गोलविहिन बराबरी खेलेको थियो ।तर, किर्गिस्तानले आत्मघाती गोल गरेर बंगलादेशसँग अंक गुमाएपछि किर्गिस्तान खेलबाट आउट भएको थियो । दुवै टिमसँग बराबरी गरेको नेपालले यही सुविधाका आधारमा फाइनलमा ठाउँ बनाएको थियो ।
शनिबार भएको खेलमा नेपालको बिल्ड अप नपुगेको र फाइनल थर्डमा कमजोर साबित भएको टिप्पणी भएको थियो । सानो कदका नेपालीले हावामा बल खेलेर गोल गर्ने प्रयास गरेका थिए तर अग्ला बंगलादेशीको डिफेन्स सामु उनीहरूको प्रयास सफल हुन सकेको थिएन । तर, फाइनलमा भने नेपालले गोल गर्ने रणनीतिका हिसाबले खेल्ने महर्जनले बताउँदै आएका छन् ।

सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

स्कटल्याण्डले दियो नेपाललाई १९४ रनको लक्ष्य
सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

फिफा क्लब विश्वकपमा एट्लेटिको मड्रिडको पहिलो जित
नेदरल्याण्ड्सविरूद्ध नेपालको शानदार जित

एकल कातामा एलिनालाई स्वर्ण
स्कटल्याण्डलाई हराउँदै नेपाल दुई विकेटले विजयी

प्रतिक्रिया