बयान फेर्ने साक्षीविरुद्ध ३७ लाख ५० हजारको भ्रष्टाचार मुद्दा

काठमाडौं : घूस लेनदेनको मुद्दामा प्रतिकूल वकपत्र पेशी गरी बयान फेर्ने सरकारी साक्षीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले फेरि गरेको अनुसन्धानमा साक्षी उमानाथ खतिवडाले सिनियर डिभिजन इन्जिनियर सुवास बस्नेतको खातामा घूस जम्मा गरेको खुलेपछि मुद्दा दायर गरेको हो ।
उनले इलामको झापाको गौरीगञ्ज गाउँपालिका तथा अर्जुनधारा नगरपालिकाको सडक निर्माण र थप काम गर्नको लागि बस्नेतको बैंक खातामा घूस जम्मा गरेको पत्ता लाग्यो । यसअघि बस्नेतले घूस लिई भ्रष्टाचार गरेको कसूरमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको थियो । मुद्दामा सरकारी साक्षीका रुपमा उमानाथ खतिवडालाई पेश गरिएको थियो ।
तर उनले वकपत्र गर्दा अनुसन्धानको सिलसिलामा गरेको वयान कागजको व्यहोरालाई अन्यथा हुने गरी प्रतिकुल वकपत्र गरेको आयोगले जानकारी दिएको छ । । पटक-पटक गरी ३७ लाख ५० हजार रुपैयाँजम्मा गरेको हुँदा बस्नेत र खतिवडाविरुद्ध काठमाडौं विशेष अदालतमा आरोपपत्र दायर गरेको आयोगले जानकारी दिएको छ ।

अग्नी सापकोटाको मुद्दामा सर्वोच्चको एकपटक तीनवटा आदेश

यातायात क्षेत्रमा हडताल नगर्न सर्वोच्चको अन्तरिम आदेश

एक करोड बढी राजस्व छलीको आरोपमा मुद्दा दायर

आफताब आलमले पाए सफाइ

तीनकुनै प्रकरण : १०८ जनालाई मुद्दा चलाउनुपर्ने रायसहित प्रहरीले बुझायो प्रतिव…

बाँके मालपोतका खरिदारसहित तीन जना घुससहित पक्राउ

रबि र छबिको बहस सकियो, अब केही बेरमा आदेश आउँदै

प्रतिक्रिया