धनगढीका स्वतन्त्र मेयर उम्मेदवार हमालको जित निश्चित

धनगढी – सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको जित निश्चित भएको छ । गन्न बाँकी मतभन्दा मतान्तर बढी भएपछि हमालको जित निश्चित भएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले साँझ ५ बजे सार्वजनिक गरेको मतपरिणामअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार हमालले ११ हजार ७५८ मतको अग्रता लिएका छन् ।
६३ हजार ७१५ मत खसेको धनगढीमा ५६ हजार २२६ मत गन्दा हमालले २४ हजार ५२९ मत पाएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नृपबहादुर वडले १२ हजार ७७१ मतसहित हमाललाई पछ्याइरहेका छन् ।
यस्तै नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्दले ७ हजार ३८६ मत ल्याएर तेस्रो स्थानमा छन् । यस्तै उपमेयरमा एमालेकी कन्दकला राना र माओवादी केन्द्रकी शान्ति अधिकारीबीच कडा टक्कर भइरहेको छ ।
रानाले १२ हजार ५९४ र अधिकारीले ११ हजार ५८९ मत पाएकी छिन् । उनीहरुबीच एक हजार ५ मतको अन्तर छ। यस्तै स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ६ हजार ३११ मत पाएका छन् ।
१९ वटा वडा रहेको धनगढीमा हालसम्म १, २, ३, ४, ५, ६, ७, ८, १३, १४, १५, १६, १७, १८ र १९ वडाको मतगणना सकिएको छ ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया