पोखरामा धनराजको अग्रता कायमै, उपमेयरमा एमालेले उछिन्यो

पोखरा – पोखरा महानगरपालिकामा गठबन्धनका उम्मेदवार धनराज आचार्यले एकोहोरो अग्रता लिईरहेका छन् । उपमेयरमा भने गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाट र एमालेकी मञ्जुदेवी गुरुङ बिच अगाडिपछाडि चलिरहेको छ । तर एमालेले आफ्नो पकड क्षेत्र मानेको वडाको गणना हुँदा मेयरलाई फरक नपरेपनि उपमेयरमा गुरुङले एक हजार बढिको अग्रता बनाएकी छिन् ।
एमालेले आफ्नो पकड मानेको १५, १६, १७ र २१ नम्बरको शनिबारबाट गणना सुरु भएको हो । ती वडाहरुको सुरुवाती गणनामा धनराजको अग्रता कायमै छ । ९२ हजार ५ सय ६१ मतगणना हुँदा मेयरमा आचार्यले ३७ हजार १ सय २२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण थापाले ३३ हजार ८ सय ५० मत ल्याएका छन् ।
दुवै बीच कडा प्रतिस्पर्धा कायमै रहेकोमा पछिल्लो गणनाबाट धनराजले मतान्तर फराकिलो बनाउँदै ३ हजार २ सय ७२ को अन्तर पारेका छन् । यसैगरी, मेयर मै राप्रपाका शंकर खरालले ४ हजार २ सय २८ प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार खडकराज पौडेल (गनेस)ले २ हजार ४ सय ४५ मत पाएका छन् ।
उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङले ३८ हजार ५ सय ७६ ल्याएकी छिन् भने रानाभाटले ३७ हजार ५ सय ४५ मत मत ल्याएर पछ्याईरहेकी छन् । उनीहरुको बिचको मतान्तर १ हजार ३१ छ । राप्रपाकी रञ्जना सेनले छ ४ हजार १ सय ३१ मत प्राप्त गरेकी छन् ।
१ लाख ४३ हजार २ सय २६ मत खसेको पोखरामा शनिबार साँझसम्म ६४ प्रतिशत मतगणना भइसकेको छ । पोखराको १०, ११, १६, १७, १८, २९, ३० र ३१ नम्बर वडाको गणना चलिरहेको छ भने १९, २१, २२, ३२ र ३३ नम्बर वडाको गणना हुन अझै बाँकी छ । कास्कीमा कुल २ लाख ८१ हजार ८ सय ३३ मतदातामध्ये वैशाख ३० गतेको स्थानीय तह चुनावमा ६९.९० प्रतिशत मत खसेको थियो।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया