थ्री नेसन्स कप : नेपाल २-0 ले अगाडि
काठमाडौँ :विशाल राई खेलको ४१ औं मिनेटमा नेपालको अग्रतालाई दोब्बर बनाएका छन् । खेलको १८ औँ मिनेटमा कर्नरकिकमा डिफलेक्ट भएको गोललाई पोस्टको दिशा देखाउँदै सन्जोग राईले सात खेल लामो गोलको खडेरीलाई अन्त्य गरेका थिए ।
नेपालले गोलअघि ब्याक टु ब्याक कर्नर प्रहार गरेको थियो । गोल हुनुअघिको कर्नरलाई पनि बंगलादेशी गोलकिपरले मुस्किलले बचाएका थिए । अनन्त तामाङको हेडर मुस्किलले किपरले बचाएका थिए । यही कर्नरमा डिफलेक्ट भएको बललाई सन्जोगले गोलमा परिणत गरेका थिए ।
सन्जोगले मिडफिल्डको पोजिसनबाट खेलिरहेका छन् । सन्जोगको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो । सन्जोगले गत शनिबार भएको बंगलादेशसँगको खेलबाट राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए ।
नेपालले आज जम्मा एक स्ट्राइकर लिएर खेलिरहेको छ । तर, खेलको सुरुवाती २० मिनेटमा नेपालले बंगलादेशमाथि निरन्तर दबाब बनाइरहेको छ ।
थ्रीनेशन्स कप अन्तर्गत पहिला भएका दुवै खेलमा नेपालले किर्गिस्तान र बंगलादेशसँग गोलविहिन बराबरी खेलेको थियो ।
तर, किर्गिस्तानले आत्मघाती गोल गरेर बंगलादेशसँग अंक गुमाएपछि किर्गिस्तान खेलबाट आउट भएको थियो । दुवै टिमसँग बराबरी गरेको नेपालले यही सुविधाका आधारमा फाइनलमा ठाउँ बनाएको थियो ।

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

प्रतिक्रिया