पहिलो प्राथमिकता सचिवालय सुदृढीकरण गर्ने हुन्छ : हमाल

धनगढी - धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित मेयर गोपाल हमालले धनगढीलाई सबेको साझा बनाउने बताएका छन् । निर्वाचित भएपछि आयतबार बिहान सन्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै सबैसँग सहकार्य गरेर अघि बढ्ने बताएका हुन् । ‘इमान्दारीपूर्वक धनगढीलाई सबेको साझा बनाउँछु,’ उनले भने, ‘अब हामी सबै मिलेर धनगढी बनाउने हो ।’
उनले सचिवालय सुदृढीकरण गर्ने पहिलो काम हुने बताए । ‘पहिलो प्राथमिकता सचिवालय सुदृढीकरण गर्छु । जबसम्म सचिवालय सुदृढीकरण हुँदैन तबसम्म राम्रो काम हुन सक्दैन । चुस्त,दरुस्त र जनमुखी बनाउने काम गर्छौ,’ उनले भने, ‘अधुरा योजनालाई सम्पन्न गर्ने हाम्रो पहिलो प्राथमिकता हुन्छ ।’
हमाल आइतबार बिहान धनगढीको मेयरमा निर्वाचित भएका हुन् । हमाल २६ हजार ८६५ मतसहित विजयी हुँदा निवर्तमान मेयरसमेत रहेका नृपबहादुर वडले १४ हजार ८१६ मत पाए ।
उपमेयरमा एमालेकी कन्दकलाकुमारी राना विजयी भएकी छन् ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया