बदलाको कथामा रिस्ता र सुनिषाको ‘पासो’

काठमाडौँ - बीआर इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको नेपाली चलचित्र ‘पासो’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरले फरक फिल्मको आभाष दिन्छ ।
कार्तिकको २५ गतेबाट रिलिज हुने यो चलचित्रको दोश्रो ट्रेलर पनि सार्वजनिक हुने निर्माण पक्षले बताएको छ ।
चलचित्रमा रिस्ता बस्नेत, सुनिषा बजगाईँ, रामकुमार बस्ताकोटी, प्रतीक दुलाल, प्रनव आकाशको मुख्य भूमिका छ । चलचित्रको ट्रेलरमा काठको बक्साभित्र थुनिएकी युवतीको कथा भनिएको छ ।
सूर्य दयालुको संगीत रहेको चलचित्रमा कथा, पटकथा, संवाद तथा निर्देशन आर.बी पुनको छ । चलचित्रमा भगवान भूजेलको लगानी छ । उत्तम हुमागाँइको छायांकन रहेको चलचित्रमा भूपेन्द्र अधिकारीको सम्पादन, सुरेज बस्येलको कोरियोग्राफी छ ।
चलचित्र ‘पासो’को कार्यकारी निर्मातामा राजकुमार राउत छन् । चलचित्रले युवती बलात्कार, हत्या र बदलाको कथा भनेको छ । चलचित्रलाई काठमाडौंबाहिर एफडी कम्पनी र काठमाडौंमा जीजीए ग्रुपले वितरण गर्नेछ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया