नांगा फोटो सेयर गरेको भन्दै मडोनालाई इन्स्टा लाइभमा प्रतिबन्ध

लसएन्जल्स - पप गायिका मेडोनालाई इन्स्टाले लाइभ जानबाट रोक लगाएको छ । मडोना स्वयंले इन्स्टाग्रामले आफूलाई लाइभ जान खोज्दा कम्युनिटी गाइडलाइन नमानेको भन्दै लाइभ गर्न नदिएको बताएकी छिन् । मडोना स्वयंले आफूले इन्स्टामा सेयर गरेका फोटोका कारण यस्तो परिस्थिति उत्पन्न भएको हुनसक्ने आँकलन गरेकी छिन् । र आफू स्तब्ध भएको उनको कथन छ ।
‘मैले कहिले पनि धेरै लुगा लगाउने गरेकी छैन । म के भनुँ, शब्दै छैन,’ मडोनाले इन्स्टा भिडियोमा भनेकी छिन् । इन्स्टाले यहाँ अरु पनि मानिस हुने र अरुको उपस्थितिको सम्मान गर्नका लागि पनि इन्स्टाको गाइडलाइन अनुसरण गर्न सन्देश पठाएको पनि उनले स्मरण गरेकी छिन् ।
इन्स्टाले पहिले पनि मडोनालाई नांगो फोटो राखेको तथा निप्पल देखिएको फोटो राखेको भन्दै फोटो हटाइदिएको थियो । उनले उसबेला जाबो आफ्नो निप्पल पनि थेग्न नसकेको भन्दै इन्स्टाको मजाक गरेकी थिइन् । ‘महिलाको अरु सबै कुरा चाहिँ देखाउन मिल्ने तर निप्पल चाहिँ नमिल्ने ?’ उनले प्रश्न गरेकी थिइन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया