दुई लाख ७४ हजार ई–पासपोर्ट जारी, २ अर्ब ६७ करोड राजस्व उठ्यो

काठमाडौँ– राहदानी विभागले गत वर्ष मंसीर १ बाट जारी गर्न थालेको ई–पासपोर्ट (विद्युतीय राहदानी) २ लाख ७४ हजार सात सय चार थान वितरण भएको छ । ई–पासपोर्टबाट सरकारलाई २ अर्ब ६७ करोड ९५ लाख ६ हजार दुई सय ३१ रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ ।
विभागले गत वर्ष मंसीर १ मा पहिलो राहदानी शताब्दी पुरुष सत्यमोहन जोशीलाई हस्तान्तरण गरी औपचारिक रूपमा ई–पासपोर्ट वितरण शुरु गरेको थियो ।
परराष्ट्र मन्त्रालयका अनुसार, अहिले ६९ जिल्ला प्रशासन कार्यालय, १५ ईलाका प्रशासन कार्यालय र २६ कूटनीतिक नियोगहरूबाट ई–पासपोर्ट जारी भैरहेको छ । ‘बाँकी जिल्ला प्रशासन कार्यालय र नियोगहरूमा तदारुकताका साथ उपकरण जडान गरी सेवा प्रवाह शुरु गर्ने तयारी भैरहेको छ,’ मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भनिन्, ‘जिल्ला र ईलाका प्रशासन कार्यालयहरूबाट दिइने सेवा विस्तार भएसँगै राहदानी विभागमा आउने आवेदकहरूको संख्यामा क्रमिक रूपमा कमी आई सेवा प्रवाह सहज हुँदै गएको छ ।’
यद्यपि उनले थाती रहेका आवेदनका कारण विभागमा सेवा प्रवाहको चाप भने कायमै रहेको बताइन् । सेवाग्राहीलाई सहज बनाउन राजस्व अनलाइनबाटै बुझाउन सकिने लम्सालले जानकारी दिइन् ।
‘सेवा प्रवाहमा सहजता ल्उाउन मोबाइल एपको निर्माण र सफ्टवेयरमा सुधार गर्ने कार्यहरू भइरहेको छ,’ उनले भनिन्, ‘केही दिनमै सफ्टवेयरको अपडेटेड भर्सन कार्यान्वयन गर्ने तयारी रहेको छ ।’

सर्वोच्च अदालतमा तीन न्यायाधीश नियुक्त

नागार्जुनका मेयर मोहन बस्नेतलाई ८ वर्ष ३ महिना कैद, २ करोड ३० लाख जरिवाना

प्रधानन्यायाधीशबाट सैनिक विशेष अदालतको निरीक्षण

टिकटकर रमा बस्नेत धरौटीमा रिहा

माधव नेपाललाई धरौटीमा छाड्न आदेश

सार्वजनिक यातायात बन्द–हड्ताल नगर्न व्यवसायीको नाममा सर्वोच्चको अन्तरिम आदेश

६१ केजी अवैध सुन तस्करी प्रकरण: अमलालाई सरकारी वकिलसमक्ष पेश , थुनछेक आजै

प्रतिक्रिया