थ्री नेसन्स कप : २-१ अन्तरले नेपाल विजयी

काठमाडौँ : काठमाडौँमा जारी थ्री नेसन्स कपको उपाधी नेपालले हात पारेको छ । पहिलो हापमा २–० ले अग्रता बनाएको नेपालले दोस्रो हाफमा भने १ गोल खाँदै २–१ को नजितासँगै जित हात पारेको हो । नेपालको लागि पहिलो गोल खेलको १८ औँ मिनेटमा संजोग राईले गरे भने दोस्रो गोल ४१ औँ मिनेटमा विशाल राईले गरे । उनीहरू दुबै पहिलो पटक पहिलो प्लेइङ ११ मा समावेश भएका खेलाडी हुन् ।
नेपालले आज बंगलादेशी टिमविरुद्ध दबाब कायमै राखेको छ । थ्रीनेशन्स कप अन्तर्गत पहिला भएका दुबै खेलमा नेपालले किर्गिस्तान र बंगलादेशसँग गोलविहिन बराबरी खेलेको थियो । खेलको ८१ मिनेटको समयमा बंगादेशी खेलाडीले गोल गरेका हुन् । तर, किर्गिस्तानले आत्मघाती गोल गरेर बंगलादेशसँग अंक गुमाएपछि किर्गिस्तान खेलबाट आउट भएको थियो । दुबै टिमसँग बराबरी गरेको नेपालले यही सुविधाका आधारमा फाइनल यात्रा पक्का गरेको थियो । नेपालले ३७ वर्षपछि आफ्नै मैदानमा यसखालको उपाधि उचालेको हो ।

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

प्रतिक्रिया