व्यास नगरमा ४२५ मतले कैंचीभन्दा रुख अगाडि

काठमाडौँ– तनहुँको व्यास नगरपालिकामा भइरहेको मतगणनामा नेपाली कांग्रेसका बैकुण्ठ न्यौपाने र स्वतन्त्र उम्मेदवार दीपकराज जोशीबीच प्रतिस्पर्धा तीव्र छ ।
कांग्रेसका न्यौपानेले जोशीलाई चार सय २५ मतले उछिनेका छन् । अब २ हजार नौ सय ७२ मत मात्र गन्न बाँकी छ भने अहिलेसम्म भएको मत गणनामा कडा प्रतिस्पर्धा देखिएको छ ।
व्यासमा अहिलेसम्म २७ हजार दुई सय ७५ मत गणना भएको छ । जसमा कांग्रेसका न्यौपानेले ११ हजार एक सय १७ र कैंची चिन्ह पाएका स्वतन्त्र उम्मेदवार जोशीले १० हजार ६ सय ९२ मत ल्याएका छन् ।
जोशी पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीका छोरा हुन् । गोविन्दराज जोशी र रामचन्द्र पौडेलबीचको मनमुटाव दोस्रो पुस्तासम्म आइपुगेको छ । दीपक जोशीलाई व्यास नगरको मेयरमा एमालेले समर्थन दिएको थियो ।
स्थानीय निर्वाचनको दिन वैशाख ३० गते व्यास नगरपालिकाको रिस्तीमा कांग्रेसका कार्यकर्ताबाट कुटीएर अस्पतालमा उपचारपछि जोशी दुई दिन अघि मात्रै डिस्चार्ज भएका हुन् । व्यास नगरपालिकामा कुल ३० हजार दुई सय ४७ मत खसेको थियो ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया