जम्कट्टेल बागमती प्रदेशमा माओवादी दलको नेता
उपनेता मोक्तान, प्रमुख सचेतक माझी र सचेतक श्रेष्ठ

हेटौंडाः नेकपा माओवादी केन्द्र बागमती प्रदेश सभाको संसदीय दलको नेतामा शालिकराम जम्कट्टेल छानिएका छन् । सोमबार काठमाडौंमा बसेको माओवादी संसदीय दलको बैठकले नेतामा जम्कट्टेललाई छानेको छ ।
बैठकले उपनेतामा कुमारी मोक्तान, प्रमुख सचेतकमा बुद्धिमान माझी र सचेतकमा प्रतिमा श्रेष्ठलाई चयन गरेको नेकपा माओवादी केन्द्रका प्रदेश सांसद युवराज दुलालले जानकारी दिए । यसअघि सांसद बुद्धिमान माझी नेकपाको सचेतक थिए ।
दलको बैठकले प्रदेशको मुख्यमन्त्रीविरुद्ध दर्ता गरेको अविश्वास फिर्ता लिने निर्णय पनि गरेको छ । अब माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिदै प्रमुख विपक्षीको भूमिकामा रहने सांसद दुलालले बताए ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया