बुधबार ३२ असार, २०८२
Wednesday, July 16, 2025

थ्री नेसन्स कप : नेपाललाई अमेरिकी दूतावासको बधाई

काठमाडौँ : दशरथ रंगशालामा सोमबार भएको खेलमा बंगलादेशलाई हराउँदै नेपालले उपाधि जितेको भन्दै अमेरिकी दूतावासले नेपाललाई बधाई ज्ञापन गरेको छ । दूतावासले ट्वीटरमा नेपाली खेलाडीले जितपछि व्यक्त गरेको उत्साह भरिएको तस्बिर राख्दै धनन्यावाद दिएको हो । 

‘दशरथ रङ्गशालामा आज सम्पन्न थ्री नेशन्स कपको फाइनलमा बङ्लादेशलाई पराजित गर्दै २-१ गोल अन्तरले उपाधि जित्न सफल नेपाली राष्ट्रिय फुटबल टिमलाई नेपालस्थित अमेरिकी मिशनको तर्फबाट हार्दिक बधाई’ दूतावासले लेखेको छ ।