काठमाडौँ महानगरपालिका–८ मा कांग्रेसको प्यानल विजयी

काठमाडौँ - काठमाडौँ महानगरपालिका–८ मा नेपाली कांग्रेसका तर्फबाट आसामान सङ्गत प्यानलैसहित विजयी भएका छन् । सङ्गतले निकटतम प्रतिद्वन्द्वी एमालेका उमेशकुमार कुइँकेललाई ८१९ मतान्तरले पराजित गरेका हुन् ।
सङ्गतले एक हजार ५५७ मत प्राप्त गर्दा कुइँकेलले ७३८ मत प्राप्त गरेका छन् । त्यसैगरी सदस्यमा कांग्रेसका शेखर देउला र सलोनी वडारी विजय भएका छन् । महिला सदस्यतर्फ कांग्रेसकी सरस्वती राजवंशी र दलित महिला सदस्यमा राजलक्ष्मी भुसााल विजयी भएको काठमाडौँका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए ।
हाल कामपा–१, २, ३ ,४ ५, ६, ८, २८, २९, ३० र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ । त्यसैगरी वडा नं ७, ९, १०, २४, २५, २६, २७ र ३१ को मत गणना जारी छ । कामपामा कूल मतदाता तीन लाख २४२ रहेकामा ६३ दशमलव ४९ प्रतिशतले मतदान गरेका थिए ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया