शुक्रबार २६ बैशाख, २०८२
Friday, May 09, 2025

काठमाडौँमा बालेन १८ हजार बढी मतले अगाडि, सिंह र स्थापितले कति पाए ?

फाइल फोटो

काठमाडौँ - काठमाडौँ नगरपालिकामा प्रमुखका उम्मेदवार बालेन शाहले आफ्नो मतान्तर फराकिलो बनाएका छन् । यो समाचार तयार पार्दासम्म १ लाख २१ हजार ३७५ मत गन्दा स्वतन्त्र उम्मेदवार शाहले ४२ हजार ९०२ मत पाएका छन् । 

यस्तै दोस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २४ हजार ८६७ मत पाएकी छिन् । नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २३ हजार ९८५ मत पाएका छन् । 

हालसम्म काठमाडौँका १७ वडाको मतपरिणाम आइसकेको छ । बाँकी वडाको मतगणना जारी छ ।