तनहुँको व्यासमा दिपकलाई हराउँदै कांग्रेसका वैकुण्ठ निर्वाचित

काठमाडौँ - तनहुँको व्यास नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार वैकुण्ठ नाथ न्यौपाने विजयी भएका छन् । उनले १२ हजार ७८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दिपक राज जोशीले ११ हजार ८२६ मत पाए ।
यस्तै उपप्रमुखमा कांग्रेसकै इन्दिरा दरै निर्वाचित भएकी छिन् । उनले १२ हजार ४९८ मत पाइन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका वसुन्धरा घर्तीले १० हजार ४३ मत पाइन् । यहाँ स्वतन्त्र उम्मेदवार र एमालेबीच गठबन्धन भएको थियो ।
यो नगरपालिकामा स्थानीय निर्वाचनका दिन कांग्रेस कार्यकर्ताले स्वतन्त्र उम्मेदवार जोशीलाई कुटपिट गरेका थिए । यो कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहनगरसमेत हो ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया