मोरङका १७ वटै पालिकाको मतगणना सम्पन्न : सुन्दरहरैंचाको मेयरमा एमालेका गुरागाँई निर्वाचित

विराटनगर - मोरङको सुन्दरहरैंचा नगरपालिकाको मेयरमा नेकपा एमालेका केदार प्रसाद गुरागाँई निर्वाचित भएका छन् । माओवादी केन्द्रसँगको गठबन्धनमा चुनाव लडेका निवर्तमान मेयर शिवप्रसाद ढकाललाई ७२७ मतले पराजित गर्दै गुरागाँई मेयर निर्वाचित भएका हुन् ।
गुरागाँई अघिल्लो पटक नेपाली कांग्रेसका ढकालसँगै ९६८ मतान्तरले पराजित भएका थिए । सुन्दरहरैंचा नगरपालिकाको मतपरिणामसँगै मोरङका १७ वटै स्थानीय तह निर्वाचनको सम्पन्न भएको छ ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार मेयरमा निर्वाचित गुरागाँईले २१ हजार ४०५ मत प्राप्त गरी विजयी भएका छन् । ढकालले २० हजार ६७८ मत प्राप्त गरेका हुन् ।
उपमेयरमा पनि नेकपा एमालेकी अकली चौधरी करीव दोब्बर मतान्तरले विजयी भइन् । उनले माओवादी केन्द्रका नवराज चापागाँईलाई ११ हजार १५२ मतले पराजित गरिन् । चौधरीले २२ हजार ४५२ मत प्राप्त गर्दा चापागाँईले ११ हजार ३०० मत प्राप्त गरे ।
१२ वटा वडा रहेको सुन्दरहरैंचामा एमालेले वडा नम्बर ३, ५, ८, १०, ११ र १२ गरी ६ वटा वडाको वडाध्यक्ष जितेको छ । नेपाली कांग्रेसले १, २, ४, ६ र ९ नम्बर वडामा वडाध्यक्ष जितेको हो । वडा नम्बर ७ मा भने स्वतन्त्र उम्मेदवारले वडाध्यक्ष जितेका छन् ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया