वामपन्थी नेता विष्णुबहादुर मानन्धरको निधन

काठमाडौँ : पुराना वामपन्थी नेता विष्णुबहादुर मानन्धरको आज निधन भएको छ । विगत एक महिनादेखि पाटन अस्पतालमा उपचार गराइरहेका नेता मानन्धरको ९१ वर्षको उमेरमा साँझ ८.२० मा निधन भएको उनका ज्वाई डा. नारायण श्रेष्ठले जानकारी दिए ।
राणा विरोधी आन्दोलनदेखि नै देश र जनताको पक्षमा लागेका मानन्धर नेपालको वामपन्थी आन्दोलनका एक सादगी र इमान्दार नेताका रुपमा परिचित थिए । जिन्दगीभर कुनै पनि सरकारी पद नलिएका मानन्धरले नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउन निरन्तर प्रयास गर्दै आएका थिए ।
नेकपा (संयुक्त) स्थापनामा उनको ठूलो योगदान रहेको छ । विसं २०४६ को जनआन्दोलनपछि उनलाई मन्त्री बन्न आग्रह गरिएपनि उनले निलाम्बर आचार्यलाई सहजै उक्त जिम्मेवारी सम्हाल्न अनुरोध गरेका थिए । मानन्धरले कम्युनिष्ट आन्दोलनमा हुर्किएको अवसरवादको सधै प्रतिवाद गर्दै आएका उनलाई चिन्ने जान्ने नेताहरुको भनाइ छ ।
संयुक्त वाममोर्चा निर्माणदेखि पछिल्लो पटक नेकपा (संयुक्त) सम्मको स्थापनामा महत्वपूर्ण योगदान गरेका मानन्धर खास अर्थमा सर्वहारा नेताको रुपमा आफूलाई स्थापित गरेका थिए ।
पूर्वमन्त्री गणेश शाहका शब्दमा नेता मानन्धरले जिन्दगीभर ‘मलाई कुनै पनि सरकारी सेवा तथा सुविधाको पद चाहिदैन, नेपाली जनताको हितबाहेक मेरा लागि अरु सबै विषय गौण हुन’ भन्ने मान्यता राख्थे ।
उनका छोरा सुनिल मानन्धर नेकपा (माओवादी केन्द्र) का नेता छन् । यस्तै, उनका तीन छोरी छन् । दिवङ्गत नेता मानन्धरको मङ्गलबार बिहान पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने ज्वाई श्रेष्ठले जानकारी दिए । (रासस)

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया