नेपाल र श्रीङ्काका निर्माण व्यवसायीबीच सहकार्य हुने

काठमाडौँ : नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलले नेपालका लागि श्रीलङ्काका राजदूत हिमाली अरुणा तिलकालाई भेटी नेपाली निर्माण उद्योगको पछिल्लो अवस्था र निर्माण प्रविधिबारे जानकारी गराएको छ ।
महासङ्घ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले नेपाली निर्माण क्षेत्रका ऐन कानूनका सम्बन्धमा पनि राजदूत तिलकालाई जानकारी गरायो । श्रीलङ्काबाट नेपालमा हेभि इक्यिुप्मेन्ट निर्यात भएको खण्डमा दुई देशबीचको आर्थिक सम्बन्ध थप प्रगाढ हुने विषयमा भेटमा छलफल भएको थियो । भेटमा राजदूत तिलकाले नेपाली निर्माण व्यवसायीसँग मिलेर काम गर्न श्रीलङ्काका निर्माण व्यवसायी इच्छुक रहेको जानकारी गराए ।
दुई देशबीचको निर्माण व्यवसायका विविध पक्षबारे जानकारी आदानप्रदान गर्न चाँडै वेबिनार गर्ने समेत राजदूत तिलकाको भनाइ थियो । प्रतिनिधिमण्डलमा महासङ्घका सल्लाहकार इञ्जिनीयर विरेन्द्रराज पाण्डे, महासचिव रोशन दाहाल, कार्यालय प्रमुख प्रेमसिंह ऐर, जनसम्पर्क अधिकृत रामचन्द्र गिरी, प्रशासकीय अधिकृत शुभेच्छा सिंहलगायतको सहभागिता थियो । रासस

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया