विहे न ब्रतबन्ध : नौमती बजाउनेलाई भ्याइ नभ्याइ

पोखरा - पोखराको सहिद चोकमा हिजो-आज दिनहुँ नौमती बाजाको धुन सुनिन्छ । विहे न लगन चौतारोको फेदमा नौमती घन्काउने समूह भने फेरिरहन्छन् ।
चौतारीको नजिकै निर्वाचन अधिकृतको कार्यालयमा पोखरा महानगरपालिकाको मतगणना चलिरहेको छ । मत गनिरहेको स्थलबाट सूर्यमा...रुखमा... कलममा.... यस्तै-यस्तै आवाज सुनिएपछि जसको मत धेरै हुन्छ र जित्ने निश्चित भएपछि त्यही पार्टीले डाक्छन्, नौमती बाजा समूह ।
डाकिएको नौमती बाजा समूहले सहनाई, ढोलक, दमाहा, सानो दमाहा, बाउँताल, ट्याम्को, झ्याली, नरसिंहा र कर्लाल घन्काउँछन् र नचाउँछन् पार्टीका नेता कार्यकर्ता । त्यसवापत् उनीहरूले बोलाएको पार्टीका नेताहरूबाट पैसा लिन्छन् । जेठ लगनको महिना नए पनि नौमती बाजा समूहहरूलाई कमाईखाने गतिलो माध्यम बनेको छ, स्थानीय तह निर्वाचन २०७९ ।
निर्वाचनको मतगणना सुरु भएको ३ दिनदेखि पोखराको शहिदचोकमा नौमती बाजा घन्किरहेको छ । आइतबार मात्र पोखरा पृथ्वीचोकमा कार्यालय रहेको इन्द्रेणी नौमती मगर बाजा समूहले २ पटक बाजा घन्कायो ।
पहिले पोखरा १० को विजयी र्याली र पछि पोखरा १६ को पनि र्यालीमा नौमती बजाउन भ्याए । उनीहरूलाई कुन् पार्टीले जित्यो भन्नेको सरोकार छैन ।
यो समूहलाई पैसा कमाउन कै ध्याउन्न छ । आफूहरूको कुनै पार्टी नभएको इन्द्रेणी नौमती मगर बाजा समूहका सदस्य हिमाल गर्वुजाले बताए । ‘हाम्रो कुनै पार्टी छैन, कुनै दलसँग नजिक पनि छैनौं,’ उनले भने, ‘हामीलाई त जसले बोलायो उसैकोमा गएर बजाउने हो, पैसा लिएर आउने हो ।’
चुनावका कारण लगन नभएको समयमा पनि कमाइ राम्रो भएको उक्त समूहका अर्का सदस्य रामचन्द्र थापाले बताए । ‘जेठ महिनामा त्यति लगन पनि हुँदैन् हामी अरु अरु काममा जानुपथ्र्यो,’ उनले भने, ‘यो चुनावको र्यालीले गर्दा कमाई राम्रै भएको छ ।’
विवाहको समयमा एक दिनको २५ हजार लिने गरेकोमा अहिले एउटा पार्टीले बोलाएमा २५ हजारमा मिलाएर लिने गरेको उनले सुनाए । एकैदिन २/३ वटा पार्टीको र्यालीमा जाने भएका कारण केही सस्तोमा पनि गरेको उनले बताए ।
निर्वाचनको र्यालीमा विवाहमा जस्तो समस्या नहुने पनि थापाले सुनाए । ‘बिहेमा जाँदा त बिहानै जानुपथ्र्यो राति आउने खाने बस्ने ठेगान हुन्थेन,’ उनले भने, ‘यहाँ त धेरै सजिलो छ एकै दिनमा २/३ ठाउँमा जान भ्याइन्छ अनि समयमै घर जान पाइन्छ ।’
उनीहरूले एक दिनमा कमाएको पैसा २/३ हजार मर्मतका लागि छुट्याएर अरु सबै दामासाही रूपमा बाँड्ने गरेको उनले बताए । उनीहरूको समूहमा १८ जना सदस्य छन् भने जसमध्ये ७ जना महिला छ । इन्द्रेणी समूह जस्तै पोखराका धेरै पञ्चेबाजा तथा नौमती बाजा समूहले र्यालीमा बाजा घन्काउने गरेका छन् ।

छ महिनापछि घर फर्किए तिङ्करवासी

जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

भोजन लिपि स्वादको 'नेपाल हाउस' मा तेस्रो संस्करणको खाना प्रदर्शन

लुइँटेल नेतृत्वमा स्कल नेपालको नयाँ कार्यसमिति चयन

काभ्रेपलाञ्चोकमा अस्थायी आवास निर्माण

यातायात व्यवसायीलाई वार्तामा आउन गण्डकी सरकारको आह्वान

बच्चा कोरल्दै आगन्तुक चरा

प्रतिक्रिया