जेम्स बोन्डलाई पछि पार्दै कमाइमा दोस्रो बन्यो ‘डाक्टर स्ट्रेन्ज’

लसएन्जल्स - महामारीपछि बक्स अफिसमा कमाउनेमा ‘डाक्टर स्ट्रेन्ज २’ दोस्रो स्थानमा उक्लिएको छ । विश्वभरबाट ८ सय ३ करोड अमेरिकी डलर कमाइ गर्दै फिल्मले दोस्रो स्थान कबजा गरेको हो । पहिलो स्थानमा ‘स्पाइडरमेन:नो अवे होम’ रहेको छ । यो फिल्मले १० अर्ब ८९ करोड डलर कमाइ गरेको थियो ।
महामारीको समयमा प्रदर्शन भएका फिल्ममध्ये यसअघि दोस्रो स्थानमा जेम्स बन्ड सिरिजको ‘नो टाइम टु डाई’ रहेको थियो । यो फिल्मले विश्वभरबाट ७ सय ७४ करोड कमाएको थियो ।
‘डाक्टर स्ट्रेन्ज २’ले घरेलु बजारबाट २ सय ४२ करोड अमेरिकी डलर कमाएको हो भने विदेशी बजारमा ४ सय ६१ करोड कमाएको हो । ‘डाक्टर स्ट्रेन्ज २’ले चीनमा प्रदर्शन नहुँदै यति बिघ्न कमाइ गरेको हो । मार्भल तथा डिज्नेको वितरण रहेको फिल्म रुसमा भने प्रदर्शन भएको थिएन । रुस र युक्रेन युद्धसँगै डिज्नेले रुसमा आफूले वितरण गरेका फिल्म प्रदर्शन नगर्ने घोषणा गरेको थियो ।
आउँदो हप्ता टम क्रुजको ‘टपगन माभरिक’ प्रदर्शन हुँदैछ । यसले भने यो फिल्मको व्यापारको गतिलाई रोक्ने विश्वास गरिएको छ । ‘डाक्टर स्ट्रेन्ज २’मा पहिलो भागमा झैँ नेपालका सन्दर्भ रहेका छन् । तर निर्माण टिमले नेपालमा यी दृश्य नखिची भीएफएक्स गरेको छ । पहिलो भाग भने काठमाडौँको स्वयम्भु र असनमा महत्वपूर्ण दृश्यहरू खिचिएको थियो ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया