पञ्चवर्षीय योजना लागू गरेर धनगढीकाे विकास गर्ने हमालकाे दाबी

कैलाली - धनगढी उपमहानगरपालिकाका नव निर्वाचित प्रमुख गोपाल हमालले उपमहानगरपालिकामै पहिलोपटक पञ्चवर्षीय योजना लागू गर्ने बताएका छन्। सोमबार बिहान शुभ साइतमा सपथ ग्रहण गरेपश्चात उपमहानगरपालिका पदभार ग्रहण गर्न पुगेका प्रमुख हमालले सो कुरा बताएका हुन् ।
उनले अहिलेसम्म स्थानीय तहले पञ्चवर्षीय योजना बनाएर काम नगरेको दावी गर्दै आफूले योजना बनाएर काम गर्ने बताए । मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश जयानन्द पनेरुसँग सपथ लिई सकेपछि उपमहानगरपालिका पुगेका हमालले पदभार ग्रहण गरेका छन । स्वस्थिवाचन सहित शुरु गरिएको पदभार ग्रहण कार्यक्रम पश्चात् संचारकर्मीहरुसँग कुरा गर्दै नगरपालिकाबाट सबैले सहज रुपमा सुचना पाउने बताए ।
उनले कही कतैबाट कसैले सूचना दिन आनाकानी गरे सोझै आफूलाई सम्पर्क गर्न नगरबासीहरुलाई आग्रह समेत गरे । हमालले आजै उपमहानगरपालिकाको उपमेयर लगायत वडा अध्यक्ष र सदस्यहरुलाई समेत सपथ ग्रहण गराएका छन्।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया