शनिबार ०३ साउन, २०८२
Saturday, July 19, 2025

रुपन्देहीमा १२ वर्षीया बालिका बलात्कृत, आरोपमा ५९ वर्षीय पुरुष पक्राउ

रुपन्देही - रुपन्देहीमा १२ वर्षीया बालिका बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको अभियोगमा बुटवल उपमहानगरपालिका–११ रंगशाला बस्ने ५९ वर्षीय रुकनाथ ढकाललाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

ढकालले ती बालिकालाई ललाई फकाई तिनाउ खोलामा लगि बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।