आइतबार १८ जेठ, २०८२
Sunday, June 01, 2025

मोहन्याल गाउँपालिकाका अध्यक्षले लिए शपथ

काठमाडौँ- कैलालीको मोहन्याल गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष देविदत्त उपाध्यायले सपथ ग्रहण गरेका छन । उनले सोमबार जिल्ला अदालत कैलालीबाट शपथ लिएका हुन् ।

उनी नेकपा माओवादी केन्द्रका तर्फबाट निर्वाचित भएका हुन।

गाउँपालिकाको प्रमुखमा बुधबार दिउँसो सम्पन्न मतगणनाअनुसार तीन हजार १३४ मत प्राप्त गर्दै उपाध्याय अध्यक्षमा निर्वाचित भएका हुन्।

प्रमुख निर्वाचन अधिकृतको कार्यालयका अनुसार उनी ४१९ मतान्तरले विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका धरम थापा मगरले दुई हजार ७१५ मत प्राप्त गरेका छन् ।