जनकपुरधाममा स्वतन्त्र उम्मेदवार मनोजकुमार विजयी

जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिकाको नगर प्रमुखमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवार मनोजले १३ हजार ४ सय ६५ मत ल्याउँदै जनकपुरधाम उपमहागरपालिकाको प्रमुखमा निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शिवशंकर साह हिराले ९ हजार ५ सय ३२ मत ल्याए । मनोज ३ हजार ९ सय ३३ मतको मतान्तरले विजयी भएका हुन् । गठबन्धनबाट नगरप्रमुख पदमा उम्मेदवारी दिएका जसपाका लालकिशोर साह चौथो स्थान चित्त बुझाए । उनले ५ हजार १ सय ९४ मत ल्याए ।
लालकिशोर निवर्तमान नगरप्रमुख समेत हुन् । तेस्रो स्थानमा रहेका लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार मनोज चौधरीले ५ हजार ३ सय ६० मत ल्याए । त्यस्तै जनकपुरधामको उपप्रमुखमा गठबन्धनबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका किशोरी साह निर्वाचित भएका हुन् ।
किशोरीले १५ हजार ५ सय २५ मत ल्याउदै उपप्रमुखमा निर्वाचित भएका हुन । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी रुणा झाले १० हजार ८ सय ८५ मत ल्याइन । लोसपाका उपप्रमुखको उम्मेदवार रीताकुमारी मिश्रले ५ हजार ८ सय १७ मत मात्रै ल्याउन सकिन् । मिश्र निवर्तमान उपप्रमुख हुन् ।

दुवै सदनको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

बालुवाटारमा प्रधानमन्त्री ओलीसहित तीन दलका शीर्ष नेताको छलफल

कमल थापाको प्रधानमन्त्री ओलीलाई कटाक्षः सुशासन,भ्रष्टाचार गर्दिन, गर्न दिन्न भन्ने…

‘विकास भएको छैन भन्नु भ्रम हो’

घुस काण्डमा मुछिएका मन्त्रीलाई बर्खास्त गर्न कांग्रेस महामन्त्री थापाको माग

सम्पत्ति शुद्धीकरणबारे प्रचण्डको आशंका

खानेपानी नदिएको भन्दै केयुकल कार्यालयमा लगाईयो ताला

प्रतिक्रिया