दाङमा इँटालाई सुन भन्दै बेच्न खोज्ने पाँच जना पक्राउ

काठमाडौँ– दाङको तुलसीपुरमा इँटालाई सुन भनेर बिक्री गर्न खोज्ने पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजपुर गाउँपालिका– ६ खाँग्रा नाकाका राजकुमार बुढा (२६), प्रकाश खड्का (२४), दार्जुला व्यास–२ का सुरेन्द्रसिंह धामी (२३), सल्यान शारदा नगरपालिका–१ की सावित्रा बुढाथोकी (४९) र सोही जिल्लाको कुमाख गाउँपालिका–१ की गीता बुढा (३०) रहेका छन् ।
आइतबार राति ९ बजे तुलसीपुरको एकान्त होटलमा दुई वटा इँटालाई सुन भनेर बिक्री गर्न खोज्ने क्रममा उनीहरू पक्राउ परेका हुन् । उनीहरूको साथबाट दुई वटा इँटाको टुक्रा, हरियो रंगको जेब्रा झोला र सुनजस्तो देखिने पहेँलो धातुको टुक्रा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता तथा डीएसपी मुकुन्दप्रसाद रिजालले बताएका छन् । उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया