मत गणना बाँकी छँदै भरतपुरको मेयरमा रेनु दाहालकाे जित सुनिश्चित

चितवन- भरतपुर महनगरपालिकाको मेयरमा माओवादीकी रेनु दाहालको जित सुनिश्चित भएको छ । १ लाख १६ हजार ६ सय ६६ मत गणना हुँदा दाहालले ४७ हजार ४० मत प्राप्त गरेकी छन् ।
त्यस्तै नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३५ हजार ५ सय ८३ मत प्राप्त गरेका छन् । त्यसैगरी स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार २ सय ६३ मत ल्याएका छन् ।
सुवेदी भन्दा दाहाल ११ हजार ४ सय ५७ मतले अगाडि छिन् । महानगरमा १० हजार ९ सय मत गणना गर्न अब मात्र बाँकी छ ।
त्यस्तै नेपाली कांग्रेसका उपमेयर उम्मेदवार चित्रसेन अधिकारीले ४७ हजार ९ सय ५८ मत ल्याएका छन् । त्यसैगरी राप्रपाकी हिमला गुरुङले २७ हजार ९ सय २२ मत ल्याएका छन् ।
महानगरमा २९ वडा छन् । निर्वाचनमा कूल मत १ लाख २७ हजार ५ सय ६६ मत खसेको थियो । कूल मतदाताको ६८ दशमलव ६८ प्रतिशत मतदान भएको छ । मतदाताको संख्या १ लाख ८५ हजार ७ सय ५२ रहेको छ ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया