योग्यताक्रमको सूची पुनः प्रकाशित गर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ : सर्वोच्च अदालतले चिकित्सा शिक्षा आयोगलाई स्नातकोत्तर तहमा मेरिट लिष्टबाट हटाइएका विद्यार्थीको योग्यताक्रमको सूची पुनः प्रकाशित गर्न अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश डा आनन्दमोहन भट्टराई र प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासले सोमबार उक्त अन्तरिम आदेश जारी गरेको हो । आदेशमा भनिएको छ, 'नियमावलीको व्यवस्थाअनुसार योग्यताक्रमको सूची पुनः प्रकाशित गरी हाल स्थगित म्याचिङमा योग्यताक्रमको आधारमा अध्ययनको अवसर प्रदान गरी म्याचिङसम्बन्धी बाँकी कार्य सम्पन्न गर्नु ।'
आदेशमा राष्ट्रिय चिकित्सा शिक्षा नियमाली, २०७७ को नियम १६ र अनुसूची ५ बमोजिम अनुभव र दुर्गम क्षेत्रमा सेवा गरेबापत के कति अङ्क प्रदान गर्नुपर्ने हो हेरी निजहरुलाई त्यसको व्यवस्था गर्न समेत भनिएको छ ।
चिकित्सा शिक्षातर्फको स्नातकोत्तर तहका विद्यार्थीले चिकित्सा शिक्षा आयोगविरुद्ध दायर गरेको रिट निवेदनको सुनुवाईपछि अदालतले जारी गरेको आदेशमा आयोगले अब रद्द गरिएका विद्यार्थीले पेश गरेको कागजपत्र पुनः अध्ययन गरेर आयोगलाई नियमावली बमोजिम अङ्क पाउने भएमा अङ्क प्रदान गरेर पुनःयोग्यताक्रमको सूची सार्वजनिक गर्नुपर्ने पर्नेछ । रासस

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया