भरतपुरको मेयरमा पुन: रेनु दाहाल, उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी विजयी

चितवन- भरतपुर महानगरपालिकामा मेयर सत्ता गठबन्धनका दुवै मेयर र उपमेयर उम्मेदवार विजयी भएका छन् । मेयरमा पुन: नेकपा माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका हुन् । निर्वाचन आयोगले आधिकारिक घोषणा गर्न भने बाँकी छ ।
दाहालले ५२ हजार ३० र नेपाली कांग्रेसका उपमेयर उम्मेदवार अधिकारीले ५२ हजार ८०३ मत प्राप्त गरेका छन् ।
त्यस्तै नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३९ हजार ५ सय ८१ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७ सय २८ मत ल्याएका छन् ।
उपमेयर उम्मेदवार राप्रपाकी हिमला गुरुङले ३० हजार ६ सय १२ मत ल्याएकी छन् । महानगरमा कूल एक लाख २७ हजार ५६६ मत खसेको थियो ।
को हुन् रेनु दाहाल ?
रेनुलाई कतिपयले माणवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरीका रूपमा आलोचना गर्छन् । उनी प्रचण्डकी छोरी त हुन् नै । विक्रम सम्वत् २०३३ साल असार २२ गते चितवन शिवनगरको भीमसेन नगरमा जन्मेकी रेनु माओवादी अध्यक्ष प्रचण्ड र सीता दाहालकी माहिली छोरी हुन् ।
तर, उनी प्रचण्डकी छोरी मात्रै होइनन् । माओवादी राजनीतिमा उनको आफ्नै पहिचान पनि छ । बि.स. २०५१ सालमा उनी पार्टी प्रवेश गरिन् । २०५२ सालको माओवादी सशस्त्र द्वन्द्वकालमा भूमिगत भइन् ।
सशस्त्र द्वन्द्वकालमा रोल्पामा सहइन्चार्ज, अखिल नेपाल महिला संघ क्रान्तिकारीकी महासचिव रहेकी दाहाल काठमाण्डूकी जिल्ला सचिव हुँदै पोलिटब्युरो सदस्यको समेत रहिन् । प्रवासमा अखिल महिला समाजकी केन्द्रीय समिति अध्यक्ष समेत भइन् ।
प्रवेशिकासम्म अध्ययन गरेकी दाहाल पहिलो संविधानसभामा समानुपातिकबाट सभासद् भएकी थिइन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया