एमाले लमजुङले गर्यो बागी उम्मेदवारलाई कारबाही

लमजुङ- नेकपा (एमाले) लमजुङले स्थानीय तह निर्वाचनमा बागी उम्मेदवार बनेकालाई कारबाही गरेको छ । एमाले बेंसीशहर नगरपालिका-६ मा बागी उम्मेदवार बनेका तीन जनालाई कारबाही गरेको हो ।
वडाध्यक्षका बागी उम्मेदवार प्रकाश थापा, सदस्यका बागी उम्मेदवार दुर्गाबहादुर गुरुङ र कृष्ण राउतलाई ६ महिनासम्मका लागि सम्बन्धित पालिका/वडा कमिटीबाट निलम्बन गरेको छ ।
उम्मेदवारको समर्थक र प्रस्तावकलाई पनि कारबाही गरेको एमाले लमजुङका सचिव सुभाष पौडेलले बताए । आइतबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले कारबाही गर्ने निर्णय गरेको हो । प्रस्तावक र समर्थकलाई तीन महिनाका लागि निलम्बन गरेको बताए । पार्टीको निर्णयलाई अटेरी गरी निर्णय उल्लंघन गरेको भन्दै कारबाही गरेको हो ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया