शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

कांग्रेस महामन्त्री शर्माको गृहनगर मेचीनगरमा एमाले विजयी

काठमाडौं–नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको गृहनगर झापाको मेचीनगर नगरपालिकामा एमाले विजयी भएको छ । मेचीनगरकाे मेयर र उपमेयर दुवै पद एमालेले जितेको हो ।

मेयरमा एमालेका उम्मेदवार गोपालचन्द्र बुढाथोकी निर्वाचित भएका छन् । उनले २६ हजार ४ सय ७८ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका इन्द्रबहादुर बुढाथोकीले २१ हजार ३ सय ११ मत ल्याए ।

उपमेयरमा पनि एमालेकी मीनाकुमारी पोख्रेल निर्वाचित भइन् । उनले २१ हजार ५ सय ९० मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी माओवादीका प्रकाश भण्डारीले १२ हजार ८ सय १८ मत मात्रै पाए ।