पाेखरामा कांग्रेसले पनि माग्यो पुनः मतगणना

पोखरा – पोखरा महानगरपालिका-१८ मा एमालेले नाै मतले हराएको भन्दै पुनः मतगणनाको माग गरेपछि कांग्रेसले पनि काउण्टर निवेदन दिएको छ । कांग्रेसले १ र १७ नम्बर वडामा पुनः गणनाको माग गरेको छ ।
वडा नम्बर १ की कांग्रेस उम्मेदवार सीता गुरुङले आफूसहित सदस्य उम्मेदवारलाई दबाबमा पारेर आफ्नो प्रतिकूल हुने गरि नतिजा सार्वजनिक गरिएको आरोप लगाउँदै पुनः गणना माग गरेकी हुन् । यहाँ एमालेका सहारा प्रधानले ४१ मत अन्तरले जितेका थिए । प्रधानले एक हजार एक सय ४५ र गुरुङले एक हजार एक सय चार मत पाएका थिइन् । यस्तै, वडा नम्बर १७ का कांग्रेस उम्मेदवार देवराज आचार्यले पनि पुनः गणनाको माग गरेका छन् ।
उही ढाँचामा उनले निवेदन बुझाएका हुन् । उनीहरू दुवैले पहिलेभन्दा फरक गणक राख्न र निष्पक्ष रुपमा गणना गर्नुपर्ने माग राखेका छन् । १७ नम्बर वडामा ८३ मत अन्तरले एमालेकी राधिका शाहीले चुनाव जितेकी हुन् । शाहीले दुई हजार ६ सय २५ र आचार्यले दुई हजार पाँच सय ४२ मत पाएका थिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया