बागमती गाउँपालिकाका जनप्रतिनिधिले लिए शपथ

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकाका जनप्रतिनिधिले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । बागमती गाउँपालिकाको कार्यालय झुरझरेमा जनप्रतिनिधिहरुले पद तथा गोपनीयताको सपथ लिएका हुन् ।
गाउँपालिका अध्यक्ष सर्केश घलानलाई जिल्ला न्यायाधीश डिल्लिरत्न श्रेष्ठले पद तथा गोपनीयताको शपथ खुवाएका थिए । उनी दोस्रो कार्यकाल अध्यक्षमा निर्वाचित भएका हुन् । लगत्तै अध्यक्ष घलानले उपाध्यक्ष फणिन्द्र तिमल्सिना, वडा अध्यक्षहरु तथा वडा सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ खुवाएका थिए । शपथसँगै पालिका अध्यक्ष घलान र उपाध्यक्ष तिमल्सिनाले पदभार ग्रहण गरेका छन् ।
पद तथा गोपनीयताको सपथ लिँदै अध्यक्ष घलानले बागमती गाउँपालिकाको नागरिक भएकोमा गर्व अनुभूति हुने पालिका बनाइने प्रतिबद्धता ब्यक्त गरे । ‘उज्यालो पालिका निर्माण, लालपूर्जा बितरण, गाउँमै गुणस्तरीय क्याम्पस र अस्पताल सञ्चालन गरिनेछ’, उनले भने, ‘युवा जनशक्ति विदेशिन रोक्न कृषि र पशुपालनलाई ब्यवसायीकरण गर्न अभियान सञ्चालन गरिनेछ ।’
सपथ ग्रहण कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले चुनावमा जनताको बीचमा गरेका प्रतिवद्धताहरु पूरा गर्दै बागमतीलाई नमुना पालिका बनाउन नवनिर्वाचित जनप्रतिनिधिहरुलाई आग्रह गरिन्। बागमती प्रदेशसभा सदस्य प्रेम बहादुर पुलामीले सडक र पूर्वाधारसँगै विकासका विविध पक्षलाई समेटेर अब पालिकाले आर्थिक उत्पादन र रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिनुपर्ने बताए। जिल्ला न्यायाधीश डिल्लिरत्न श्रेष्ठले अन्य पालिका भन्दा बागमतीको काम गर्ने शैली फरक रहेको भन्दै जनताको मन जितेका जनप्रतिनिधिहरुलाई अब काम गरेर देखाउने पालो आएको बताए ।
प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउन सहयोग गरेकोमा बसैपक्षलाई आभार ब्यक्त गरे । कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, राजनीतिक दलका प्रतिनिधिहरु र बागमती पालिकावासीको उपस्थिति रहेको थियो ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया